झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

१६ असार, झापा । झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।

मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु पूर्णरुपमा जलेको प्रहरीले जनाएको छ ।

आगो लागेको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक नोरजंग लामाको कमाण्डमा टोली खटिएको थियो । प्रहरी र स्थानीयले बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति करिब साढे १२ बजेतिर आगो निभाएका थिए ।

आगलागीको कारण खुलेको छैन । विद्युत् सट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

ट्रेन्डिङ

मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो

‘असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस’

अमेरिकाको मुटुमा उदाएका ३३ वर्षे वामपन्थी युवा

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुदूरपश्चिमको बजेटबारे सांसदहरु : विचौलियाले योजना खरिदबिक्री गरे छानबिन गरौँ

झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

फोटो ग्यालेरी