मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो

हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अवरूद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन पालिकामा यातायात ठप्प भएको छ । बाढी र पहिरोका कारण तमोर करिडोर पनि अवरुद्ध छ। ४ साउन, विराटनगर । हेवा खोलामा आएको बाढीका कारण मेची राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले हेवा खोलाको डाइभर्सन भत्काउँदा मेची […]
‘असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस’

काठमाण्डौ । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका धेरै मानिसको पेसा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे […]
अमेरिकाको मुटुमा उदाएका ३३ वर्षे वामपन्थी युवा

अमेरिकाको सबैभन्दा ठुलो सहर न्यूयोर्कको आगामी मेयरका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारका रूपमा जोहरान ममदानी चुनिएका छन् । उनी मुस्लिम समुदायबाट उम्मेदवार हुने पहिलो व्यक्ति हुन् । उम्मेदवार छनोटका लागि हुने प्राइमरी इलेक्सनमा ९५ प्रतिशत मत गणना भइसक्दा ममदानीले पूर्व गभर्नर एन्ड्र्यु कुमोलाई पछि पारिदिएका छन् । यसअघि यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका कुमोले […]
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुर्खेत । गए रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा […]
सुदूरपश्चिमको बजेटबारे सांसदहरु : विचौलियाले योजना खरिदबिक्री गरे छानबिन गरौँ

बजेट निर्माणको प्रक्रिया अपारदर्शी भएको आरोप लगाउँदै सानो रकम देखाएर पछि मन्त्रालयमा ठूलो रकम प्रविष्ट गर्ने चलनप्रति समेत आपत्ति जनाएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको २०८२/८३ को बजेटप्रति असन्तुष्टि राख्दै प्रदेश सभा सदस्यहरूले आपत्ति जनाएका छन्। सदस्यहरूले बजेट निर्माणमा विचौलिया हावी भएको र अनियमितता आरोप लगाएका छन्। १५ असार, धनगढी । सुदूरपश्चिम प्रदेश […]
झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

१६ असार, झापा । झापाको अर्जनुधारा नगरपालिका ११ मा पर्ने बसपार्कस्थित खड्का फर्निचरमा आगलागी भएको छ । आगलागीबाट १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । मोती बहादुर खड्काको टिनको छानो र टिनको घेराबेरा गरिएको एक तले घरमा सञ्चालन गरिएको फर्निचर पसलमा आगलागी भएको हो । आगलागीबाट काठ चिर्ने मेसिन र काठहरु […]
सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

कर्णाली, जहाँ हिमाल जति ठूला छन् पीडा र खोला जस्तै गहिरा छन् घाउहरू। यहाँका पाखा–पखेरा, गोठ–गाउँले, कुलो–काँढी मात्र जर्जर छैनन्, जर्जर छ सदियौंदेखि गढिएको जातीय संरचनाभित्रको अन्याय। गाउँमा जनप्रतिनिधि छन् तर जनताको आवाज छैन। विद्यालय छन्, शिक्षाको चेतना छैन। स्वास्थ्य चौकी छन्, तर उपचारको भरोसा छैन। योजना छन्, तर सार्वजनिक हितभन्दा दलीय राजनीतिको गुटगत लाभका निम्ति […]
साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

१६ असार, भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु […]
निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयक पारित गर्यो। विधेयक संविधान २०७२ अनुसार आएको र संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री गुप्ताले बताए। विधेयक राष्ट्रिय सभामा जान्छ र त्यसपछि राष्ट्रपतिलाई सिफारिस गरी कार्यान्वयन हुन्छ। १५ असार, काठमाडौं । संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । आइतबार बसेको सभाको बैठकले पारित गरेको हो । […]
१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

नेप्से परिसूचक आइतबार २६.५३ अंकले बढेर २६२२ मा कायम भयो। बजारमा १८५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घट्यो र ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो। बैंकिङ र शक्तिशाली सेक्टरले उच्च वृद्धि देखाउँदै बजारमा सकारात्मक प्रभाव पारे। १५ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । […]