१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

  • नेप्से परिसूचक आइतबार २६.५३ अंकले बढेर २६२२ मा कायम भयो।
  • बजारमा १८५ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको मूल्य घट्यो र ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भयो।
  • बैंकिङ र शक्तिशाली सेक्टरले उच्च वृद्धि देखाउँदै बजारमा सकारात्मक प्रभाव पारे।

१५ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६.५३ अंक (१.०२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो ।

कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो । शक्तिशाली सेक्टर नै उच्च दरले बढेपछि नेप्से परिसूचकमा राम्रो वृद्धि देखिएको हो ।

त्यस्तै विकास बैंक १.६१, फाइनान्स ०.६४, होटल तथा पर्यटन ०.०९, हाइड्रोपावर ०.५४, लगानी ०.३२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा ०.४२, अन्य १.३५ र व्यापार समूह ०.२७ प्रतिशत बढे

एउटा समूह उत्पादन तथा प्रशोधन मात्रै ऋणात्मक रह्यो । यो समूह ०.५६ प्रतिशत घट्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ८.९७, ग्रिन भेन्चर्सको ६.९५, त्रिशुली जलविद्युत् कम्पनीको ५.९२ प्रतिशत बढ्यो ।

ट्रेन्डिङ

मेची राजमार्ग अवरुद्ध, तमोर करिडोरमा पहिरो

‘असार १५ : खेतमा रमाउँदै दही चिउरा खाएर मनाइँदै राष्ट्रिय धान दिवस’

अमेरिकाको मुटुमा उदाएका ३३ वर्षे वामपन्थी युवा

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

सुदूरपश्चिमको बजेटबारे सांसदहरु : विचौलियाले योजना खरिदबिक्री गरे छानबिन गरौँ

झापामा फर्निचर पसलमा आगलागी, १२ लाख बराबरको क्षति

सचेत विद्रोहको पर्खाइमा छ कर्णाली

साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

निजामती विधेयक प्रतिनिधि सभाबाट पारित

१ प्रतिशत बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण

फोटो ग्यालेरी