साँझ-बिहान इँटा सुकाउँदै पढेकी गोमाले ४ जिपिए ल्याइन्, डाक्टर बन्ने चाहना

१६ असार, भादगाउँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा गत शुक्रबार सार्वजनिक हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालस्थित एक इँटाभट्टाको जस्ताको टहरामा बस्दै आएकी गोमा श्रेष्ठ स्थानीय किसानको धान रोपाइँको मेला गएर भर्खर फर्किएकी थिइन् । चाँगुनारायण–८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसइई दिएकी उनीलाई एसइईको नतिजा सार्वजनिक भयो भन्ने खबरले आफ्नो नतिजाबारे उत्सुक हुनु […]

प्रसिद्धको शतक, बिपिनको ६ विकेटमा इन्डोनेसियामाथि नेपालको विशाल अन्तरको जित

१५ असार, काठमाडौं । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा  इन्डोनेसियामाथि विशाल अन्तरको जित हासिल गरेको छ । क्वालालम्पुरस्थित सेलांगर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरको जित निकालेको हो । नेपालले दिएको ४२१ रनको विशाल […]